चार रेडक्रसकर्मी को मृत्यु

काठमाण्डौ । १२ गते शनिवार गएको विनाशकारी भूकम्पमा परी हालसम्म चार रेडक्रसकर्मीको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलक स्वयम्सेवक सानुमैया कपाली र सिम्रन डङ्गोल तथा रसुवाका रेडक्रसकर्मी जितनाथ तिमल्सिनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।
प्राविधिक सहायक गुरुङ, स्वयम्सेवकद्वय कपाली र डङ्गोलको सोही दिन काठमाडौँस्थित काष्ठमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहँदा काष्ठमण्डपले किचिएर मृत्यु भएको केन्द्रीय रक्तसञ्चार सेवाका प्रशासकीय अधिकृत जीवनतारा भट्टले जानकारी दिए ।
उनका अनुसार सो दिन काठमाडौंका ११ स्थानमा रक्तदान कार्यक्रम भइरहेको थियो । अन्य स्थानमा खटिएका प्राविधिक, स्वयम्सेवक र केही रक्तदाता सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: