दुर्घटनामा १ को मृत्यु ८ घाईते

बैतडी । बैतडीमा बिहिवार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बैतडीको श्रीकोटबाट सदरमुकाम गोठालापानी जादैै गरेको से १ज १८३ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाडौँ गाविस–६ मा दुर्घटना हुँदा कटौजपानी गाविस–९ का ३२ वर्षीया धानादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । नौ जना सवार जिपको अगाडि टायर पड्किएर अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा जिप चालक भूमेश्वरका उत्तम ऐरी, कटौँजपानी–७ का २६ वर्षीया टेकप्रसाद अवस्थी, श्ररीकोट–७ का स्थानिय २५ बर्षिय हेमराज अवस्थी, श्रीकोट ७ कै जनक विष्ट, कटौँजपानी–८ का नरेन्द्र जोशी, देउलेक गाविस–२ का लोकेश कार्की, सोही ठाउँका विस्ना कार्की र गौरा कार्की रहेका छन् । घाइते आठै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: