दुहागढीमा फूटवल हुने

विर्तामोड । झापाको दुहागढी गाविसमा ज्ञानबहादुर लिम्बू स्मृति कप फुटवल प्रतियोगिता हुने भएकोे छ । प्रत्येक वर्ष खेलाइदै आएको सो फुटवल प्रतियोगिता यो पटक दुहागढी–९ ले खेलाउने भएको छ । गत वर्षको प्रतियोगितामा वडा नम्बर ९ ले सिल्ड र कप जीतेको थियोे ।

जीतेको वडाले अर्को वर्ष प्रतियोगिताको आयोजना गर्ने त्यहाँको नियमनुसार यो वर्ष दुहागढी – ९ को फुटवल टीमले प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगिताका लागि बुधबार आयोजित भेलाले कृष्ण थापाको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

समितिका सचिवमा निरन गौतम, कोषाध्यक्षमा दुर्गा धमला त्यसैगरी सदस्यहरुमा सुरेश बुढाथोकी, डिल्लीराम उप्रेती, दीनेश खतिवडा, बालकृष्ण रिजाल, रामानन्द चौधरी, गुनिलाल राजवंशी र मोहन प्रसाई चयन भएका छन् ।

समितिको सल्लाकारमा नरेन्द्रप्रसाद घिमिरे, बाबुलाल सुब्बा, जीवन प्रसाई, सन्तोष न्यौपाने, गोपाल बराल र प्रेम इङनाम चयन भए । खेल खेलाउनका लागि दुहागढी गाविसले ५० हजार बजेट छुट्याएको छ भने जीवन प्रसाईको अध्यक्षतामा सम्पन्न भेलामा दुहागढी गाविसको खेलकुद समिति विगतदेखि नै निस्कृय रहेको भन्दै पुर्नगठनको माग समेत राखीएको छ ।

प्रतिक्रिया दिनुहोस्: