स्विट्जरल्यान्डले ९ करोड ७२ लाख रूपैयाँ दिने

काठमाण्डौ । स्विट्जरल्यान्ड सरकारले भूकम्पपीडितको सहयोगार्थ ९ करोड ७२ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका ५ हजार पीडितलाई खाद्य सामग्री वितरणका लागी उक्त सहयोग रकम खर्च गरिने स्विस राजदूतावासले बताएको छ ।

विकासका लागि स्विस सहयोग नियोग ९ एसडिसी ले भूकम्पपछिका सहयोगका लागी कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ७० लाख रूपैयाँ प्रदान गर्ने उक्त दूतावासले विहिवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: