अखिल क्रान्तिकारी झापाको टोली क्षतिग्रस्त जिल्लामा

बिर्तामोड । अखिल क्रान्तिकारी झापाको एक टोली बिनासकारी भूकम्पबाट क्षतिग्रस्त भएका जिल्लामा अस्थायी टहरा निर्माणका लागि बिहिवार प्रस्थान गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष रवि बस्नेतसहितको १७ जनाको टोली बिहीबार प्रस्थान गरेको हो ।

सो टोली संगठनको केन्द्रीय कमिटीले निर्धारण गरेको योजना अनुसार काठमाडौं पुग्ने र त्यहाँबाट विभिन्न जिल्लामा बाँडिएर समूहमा परिचालन हुने संगठनका केन्द्रिय सचिवालय सदस्य महेन्द्र भट्टराईले बताए । संगठनले देशका विभिन्न भूकम्प प्रभावित १२ जिल्लामा पाँच सय जना विद्यार्थी स्वयम्सेवक टोली घरटहरा पुनर्निर्माणका लागि परिचालन गर्ने निर्णय गरेको संगठनले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्: