कुकुरसहितको टोलीको खर्च दैनिक २२ करोड

काठमाण्डौ । वैशाख १२ को बिनासकारी भूकम्पपछि उद्धारमा आएका विभिन्न देशका टोलीले जम्मा एक सय ३९ वटा तालिमप्राप्त कुकुर लिएर आएका थिए । आधिकारिक सूचनाअनुसार प्रतिदिन प्रतिकुकुर खर्च डेढ लाख रुपैयाँ पर्छ । ती कुकुरका तालिमकर्ता तथा सञ्चालकमाथि झन्डै नौ गुणा बढी रकम खर्च हुन्छ ।

’यी सबै रकम हामीलाई विदेशीले प्रतिबद्धता जनाएको रकमबाट कट्टा हुन्छ’, स्रोतले भन्यो । भूकम्पका कारण ढलेका घरमा मानिस पुरिएको शंका हुँदा ती तालिमप्राप्त कुकुरले भुकी उत्खनन तथा उद्धारको आवश्यकता रहेको संकेत दिएका थिए ।

तर, उद्धारकार्यको गति सुस्त भएपछि अहिले ती कुकुर प्रयोगमा छैनन् । सरकारी आँकडाअनुसार प्रतिदिन दुई करोड रुपैयाँभन्दा बढी कुकुरहरूमा र अर्को २० करोडजति उनीहरूका ’सञ्चालक’ माथि खर्च भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: