चट्याङ पर्दा एकै परिवारका ८ जना घाइते

रामेछाप । रामेछाप नगरपालीका–८ थुम्कामा चट्याङ पर्दा एकै परिवारका ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ ।
घाइते हुनेहरुमा ५४ वर्षीय दिलबहादुर भुजेल, उनकी ३४ वर्षीया श्रीमती लक्ष्मीसहित २६ वर्षीया सुनिता, १८ वर्षीय चन्द्रबहादुर, २२ वर्षीय भिमबहादुर, ६ वर्षीया सञ्जीता र सपना भुजेल छन् ।

सबैजना घरमा बसिरहेकोबेला विहीबार बेलुका चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् ।
घाइतेमध्ये दिलबहादुरको अवस्था गम्भीर छ । घाइतेहरुको जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: