झापामा ३४ लाख ७५ हजार ९ सय ४१ रुपैयाँ राहत संकलन

भद्रपुर । पूर्व मेची ट्रक व्यवसायी संघ झापा शाखाले भुकुम्प पिडितहरुको
सहयोगका लागी संकलित एक लाख ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

भुकम्प पिडितहरुको राहतका लागि जिल्ला प्रशासन कार्यालय झापा मार्फत
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम वरावरको चेक हस्तान्तरण
गरेको हो । संघका अध्यक्ष कमल प्रसाद खरेल लगाएतको पदाधीकारिहरुले विहिवार प्रमुख जिल्ला
अधिकारी तेज प्रसाद पौडेललाई चेक रकम हस्तान्तरण गरेका हुन् ।

विहिवार सम्म ४१ लाख ३९ हजार ६ सय ४ रुपैयाँ नगद जिल्ला दैबि उद्धार कोषमा जम्मा
भइसकेको पौडेलले बताए । कर्मचारीले ६ लाख ३३ हजार ६ सय ६३ रुपैयाँ र
विभिन्न संघ संस्था तथा व्यक्तिवाट ३४ लाख ७५ हजार ९ सय ४१ रुपैयाँ राहत संकलन
भएको जानकारी गराउदै दाताको सहयोग जारी रहेको उनले बताए ।

जिन्सी तर्फ ७ करोड भन्दा माथीको संकलन भई आवश्यक स्थानमा पठाई सकिएको जनाएका छन् ।
केहि दिन भित्र बंगलादेशवाट राहतका लागी आउदै गरेको १० हजार मेट्रीक टन
चामललाई व्यवस्थित गर्न सवै पक्षवाट सहयोग पुर्याउन उनले अनुरोध गरेका छन्

प्रतिक्रिया दिनुहोस्: