पप गायिका माइली सायरसले घर खरिद गरिन्

एजेन्सी । पप गायिका माइली सायरसले हालसालै लस एन्जिलिसको हिडन हिल्समा एउटा ठूलो घर खरीद गरेकी छिन् । यसको मूल्य ५० लाख डलर रहेको छ । माइली यस घरकोे परिसरमा छिट्टै घोडासवारी र शब्जीखेती शुरू गर्ने भएकी छिन् ।

माइलीले एडभेन्चरस स्पोर्ट्सको लागि चिनिने लस एन्जिलिसस्थित हिडन हिल्समा घर खरीद गरेकी हुन् । लगभग ५.५ एक्कड क्षेत्रफलमा फैलिएको त्यो घरमा माइलीले एक एक्कडको क्षेत्रफलमा घोडासवारीको लागि रिजर्व गरेकी छिन् ।             maili p

त्यो घर ६ हजार वर्गफीट क्षेत्रफलको छ । त्यो घरमा सातवटा बेडरूम, छ वटा बाथरूम र एउटा चिकन छ ।
त्यस घरको बेडरूम लोफ्ट शैली र ढोका फ्रेन्च शैलीकोे छ ।

यसमा अन्य धेरै कुराहरु पनि छन् । माइली यो घरको एकतर्फ सब्जी र फलफूलको खेती पनि गर्नेछिन् । अङगूरको उत्पादन उनको प्राथमिकतामा पर्छ । माइलीले यो घरमा धेरै अन्य परिवर्तन पनि गर्नेछिन् । यसलाई एउटा एडभेन्चर हबको रूपमा पनि बनाउन चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्: