बिराट सहकारीको बिर्तामोड साखा उद्घाटन

बिर्तामोड । बिराट बचत तथा ऋण सहकारी संस्था शैनिकमोडले बिर्तामोड शाखा बिस्तार गरेको छ । शुक्रवार साखाको उद्घाटन कार्यक्रम गरी उक्त कुरा जानकारी गराईएको हो ।

संस्थाका अध्यक्ष मोहन सिवाकोटीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष घनस्याम अधिकारी, नेपाली कांग्रेशका महासमिति सदस्य तथा पुर्व सांसद डिल्लि प्रसाद सिटौला, नेपाल पत्रकार महाँसंघ झापाका सचिव एकराज गिरी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानिया लगाएतले बोलेका थिए ।

संस्थका सचिव रुद्र सिटौलाले संचालन गरेको कार्यक्रमा उद्योग बाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष कुमार भट्टराई, मेचि क्याम्पसका प्रमुख उमानाथ ओली, कनकाई क्याम्पसका प्रमुख मात्रिका सिटौला, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा संस्थाका उपाध्यक्ष केशव पाठकले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: