युथ क्रिकेट प्रतियोगिता सुरु

कपिलवस्तु । वैशाख १२ गते देशमा गएको विनाशकारी भूकम्पका कारण भयमा रहेका युवालाई घटनाको त्रासबाट मुक्ति दिलाउने उद्देश्यले कपिलवस्तुमा युथ क्रिकेट प्रतियोगिता सुरु भएको छ । कालिका युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिता बिहीबारदेखि तौलिहवास्थित बुद्धपद्म रंगशालामा सुरु भएको हो ।

kirket

प्रतियोगिताको उद्घाटन खेलमा पिपरा युवा क्लब धनकौलीले देवानगढिया युवा क्लबलाई तीन विकेटले पराजित गर्यो । देवानगढियाले पहिले ब्याटिङ गर्दै निर्धारित १६ ओभरमा चार विकेट गुमाएर एक सय १६ रन जोडेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पिपरा युवाले १० ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पूरा र्गयो ।

पिपरा युवा क्लबका अकरम हुसेनले ८० रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका अकरमले केवल ३० बलमा उक्त रन बनाएका हुन् । सोही योगदानका कारण म्यान अफ दी म्याच पुरस्कार पनि उनले नै पाए । प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा क्लबको सहभागिता रहेको जानकारी खेल संयोजक सरोज डफालीले दिए । प्रतियोगिताको उद्घाटन खेलप्रेमी प्रकाश घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: