सिडी कपी गर्ने मेशीन सहित एक पक्राउ

बिर्तामोड । गैरकानुनी रुपमा सिडी कपी गरी बिक्रि गर्ने एकजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।
झापाको बिर्तामोडमा रहेको थापा मार्केटमा वेलकम स्टोर्स सञ्चालन गर्ने राजु जैनलाई सिडी कपी गर्ने मेशीनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जय राउतले बताए ।
जैनको पसलबाट डिभीडी कपी गर्ने टावर ३ थान, डेल कम्पनिको ल्यापटप १ थान, बिभिन्न चलचित्रका मास्टर सिडी ४८ थान, डिभीडी राइटर ४ थान र खाली सिडी १५२ थान बरामद भएको उनले बताए ।
प्रतिलिपी अधिकार संरक्षण केन्द्रबाट आएका प्रतिनिधीको सुचनाका आधारमा प्रहरीले सो पसलमा छापा मारेको थियो । पक्राउ परेका जैनलाई प्रतिलिपी अधिकार ऐनका आधारमा कारवाही चलाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: