हेलिकप्टर दुर्घटनामा २ राजदुतसहित ६ को मृत्यु

एजेन्सी । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर शुक्रवार दुर्घटना हुँदा फिलीपिन्स र नर्वेका राजदूतसहित ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको एउटा बिद्यालयमा हेलिकप्टर खसेको थियो ।

मृत्यु हुनेमा चालक दलका दुई सदस्य, इन्डोनेसिया र मलेसियाका राजदूतका पत्नी रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार उत्तरी पाकिस्तानमा भएको दुर्घटनामा ११ विदेशसी सहित ६ पाकिस्तानी गरी १७ जना सवार थिए ।
हेलिकप्टर दुर्घटना भएर आगो लागेको थियो । घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: