भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय १२

काठमाण्डौ । वैशाख १२ गते आएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय १२ पुगेको छ । गृह मन्त्रालयले शनिबार बिहान उपलब्ध गराएको तथ्यांक अनुसार भूकम्पमा परी घाइते हुनेको सङ्ख्या १७ हजार ८ सय ७१ पुगेको छ ।

यस अवधिमा १० हजार ८ सय ३ सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् भने १५ हजार ३४ घर तथा भवनमा आंशिक क्षति भएको छ ।

सर्वसाधारणका २ लाख ९७ हजार २ सय ६६ घर पूर्ण रुपमा क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घर आंशिक क्षति भएको गृहले जनाएको छ ।
जनगणना २०६८ का अनुसार नेपालका ५४ लाख ७७ हजार २ सय २४ घरधुरीमध्ये १० प्रतिशत घरमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्: