यूवा कलाकर्मीले भूकम्प प्रभावितहरुलाई पूनस्थापना गर्ने

काठमाण्डौ । यूवा कलाकर्मीहरुले अब आफै रकम उठाएर भूकम्प प्रभावितहरुलाई पूनस्थापना गर्ने तयारी थालेका छन् । शुक्रबारबाट सुरु गरिएको यो अभियानको पहिलो दिनमै सात लाख भन्दा बढी रकम उठेको छ ।

हामी सबैका लागि भन्ने मुल मन्त्रका साथ सुरुवात गरिएको यो अभियानमा रकम आउने क्रम पनि जारी रहेको छ । भूकम्प प्रभावितहरुलाई कुनै न कुनै रुपले पूनस्थापना गरि सहयोग गर्ने उद्देश्यले हामी सबैका लागि अभियान सुरु गरिएको हो ।

शुक्रबार नै यो अभियानमा निर्माता दिनेशकुमार पोख्रेलले रु १ लाख १ हजार सहयोग गरे ।
यस्तै, वेल्जियममा रहेका निर्माता विपिन गुरुङगबाट १ लाख १ हजार, अमृत अग्रवालबाट ६० हजार, नायक जिवन लुइटेलबाट ५१ हजार, निर्माता पुष्कर पन्तबाट ५० हजार, निर्देशक सुरेश दर्पण पोख्रेलबाट ३१ हजार, मोडल बर्षा सिवाकोटीबाट ३० हजार, नायिका केकी अधिकारी, मेलिना मानन्धर, वेनिशा हमालबाट २० २० हजार, कलाकार यशराज, हसन खान र प्रदिप बाँस्तोलाबाट २०–२० हजार रकम उपलब्ध भएको छ ।

२० हजार रकम सहयोग गर्नेमा मोडल निराजन प्रधान र छायांकार राजन काफ्ले पनि छन् । यस्तै, मोडलद्धय चाँदनी शर्मा र अजय पोख्रेलले १७ – १७ हजार उपलब्ध गराएका छन् । इन्जिनियर साप्हात बोगटीबाट १५ हजार र निर्देशक प्रविण श्रेष्ठको तर्फबाट ९ हजार प्राप्त भएको हामी सबैका लागिका अभियानकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: