समुन्द्रमा रिहानाको मस्ती

एजेन्सी । एडभेन्चर मन पराउने गायिका रिहानाले आफ्नो कामबाट केहि दिनको छुट्टी लिएर समन्ुद्रमा मस्ती गरेकी छिन् ।

यसको लागि उनले लुक्समा पनि धेरै परिवर्तन गरेकी छिन् । उनको केशको रंग रातो थियो तर उनले कालो लिपस्टिक लगाएकी थिइन् ।

हवाइमा उनले आफ्ना साथीहरुको साथमा समुन्द्रको छालमा धेरै मस्ती गरेकी थिइन् । होनोलूलूको ट्रिपमा रिहानाले माछासमेत समाउन भ्याइन् । त्यसबेला उनले सुनौलो रंगको बिकिनी लगाएकी थिइन् । साथै उनले केही सेल्फी खिच्न भ्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: