अष्ट्रेलियाले ४० करोड दिने

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले नेपालका भुकम्पपीडितहरुको सहयोगार्थ थप १० मिलियन डलर करिब ४० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यसअघि अष्ट्रेलियाले १० मिलियन सहयोग दिइसकेको जनाएको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै नेपाललाई थप १० मिलियन डलर सहयोग गर्ने जनाएको हो ।

विदेश मन्त्रालयका अनुसार उक्त रकम महिला तथा जोखिममा परेका समुदायलाई सानो ब्यवसाय स्थापना गर्न र जीवनयापन गर्न सहजता पुरयाउने उद्देश्यले प्रदान गरिएको हो ।

बिज्ञप्ति अनुसार अष्ट्रेलियाले ५० हजार डलर बराबर बालबालिका र महिलाहको स्वास्थ्य सुरक्षा सम्बन्धि सामाग्री, ९३६ तारपोलिन, १ हजार २ सय ब्लाङ्गकृट, ७४६ स्वास्थ्य सामाग्री र ८० हजार पानी सफा गर्ने चक्की सहयोग गरिसकेको जनाएको छ । यसैगरि अष्ट्रेलियन सेनाको तर्फबाट स्वास्थ्यकर्मी र मानवीय सहयोदाताहरुको सहयोग समेत पुरयाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: