चीनिया अरवपतीले एक हजार घर बनाइदिने

काठमाण्डौ । चीनका एक अर्बपति ज्याक माले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् । नेपालको चाधरी ग्रुपसँग मिलेर ज्याकले एक हजार घर बनाउन आवश्यक रकम दिने भएको समाचारमा बताइएको छ । चौधरी गु्रपले यसअघि १० हजार घर बनाइदिने बताएको थियो ।

जसमा ग्रुपका तर्फबाट एक हजार र विश्वका अन्य अर्बपति मिलेर सो घर बनाइने बताइएको छ । यसअघि चौधरी ग्रुपका विनोद चौधरीले १० हजार घर निमार्ण गर्ने आफूहरुको योजनामा सघाउन विश्वभरका अर्बपतिलाई अपिल गरेका थिए । सोही अनुरुप सघाउन चाहनेले ग्रुपसँग हातेमालो गर्दै अघि बढ्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: