दुर्घटनामा परी घाईते बनेका लिम्वुको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका ८ को ल्याङ्वामा भएको सवारी दुर्घटनामा परी घाईते बनेका डुम्रिसे–१ का ७७ वषिर्य धनप्रसाद लिम्वुको शनिबार उपचारका क्रममा मृत्यु भएको छ । उनि सहित ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

उनको दुर्घटनामा परेर गम्भिर घाईते भई उपचाररत रहेकै अवस्थामा मृत्यु भएको ताप्लेजुङका डिएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।
नगरपालिका ८ मा पर्ने ल्याङ्बाको धुसेनि भिरमा बिहीबार बिहान ग १ ज ५७२८ नम्वरको सफारी गाडी करीव दुई सय ५० मिटर तल खस्दा छ जनाको घटना स्थलमानै मृत्यू भएको थियो ११ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उचपार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: