प्युठानमा कार पल्टिँदा तीन को मृत्यु

प्यूठान । स्वर्गद्धारी दर्शनगरि दाङ लालमटिया जाँदै गरेको यात्रु सवार बा ११ च १०५३ नम्बरको कार बिहान ११ बजे प्यूठान तिराम–४ स्थित थक्लेनीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । दुई पुरुषको घटनास्थलमा र एक महिलाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए । अन्दाजी ५५ बर्षिय पुरुषको शव निकालीएको र अर्का पुरुषको शव गाडीले च्यापिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट १ सय मिटर तल माडि नदीमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्: