प्रभावित जिल्लामा १९ करोड ३० लाख

काठमाण्डौ । नेपाल सरकारले बिनासकारी भूकम्प प्रभावित जिल्लामा १९ करोड ३० लाख रुपैयाँ आर्थिक राहत पठाएको छ । गृहमन्त्रालयले शनिबार १३ जिल्लामा उक्त रकम पठाएको हो । राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्र्थापनाका लागी खर्च गरिने गृहमन्त्रालयले जनाएको छ ।

सरकारले सबैभन्दा बढी रकम रामेछापमा ७ करोड रुपैयाँ पठाएको छ भने सबैभन्दा कम मनाङ, रुकुम र म्याग्दीमा ५–५ लाखको दरले पठाएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यसलाई प्राम्भिक राहत रकम भएको बताएका छन् । थप रकम निकासा हुने बित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: