मोदी कै अगाडि सयौं व्यक्ति माओवादीद्धारा नियन्त्रणमा

एजेन्सी । माओवादीको आधार क्षेत्र दन्तेवाडामा हुन लागेको मोदीको सम्बोधन कार्यक्रममा सहभागी हुन आएका सयौं व्यक्तिलाई माओवादीले नियन्त्रणमा लिएको छ ।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माओवादीको आधार क्षेत्रमा पुगेका हुन् ।

हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर एक कार्यक्रमको उद्घाटनका लागि मोदी त्यस क्षेत्रमा पुगेका हुन् । मोदीको कार्यक्रममा सहभागी हुन आएको अन्य थुप्रैलाई माओवादीले बाटोबाटै फर्का्दिएको बताइएको छ ।

             mawowadi
राज्यका गृहमन्त्री रामशेवकले माओवादीले भाजपाका थुप्रै कायकर्ता गिरफ्तार गरेको तर संख्या एक्किन नभएको बताए ।
मोदीको भ्रमणका लागि प्रत्येक ११ किलोमिटरमा हजारौं सैनिक राखिएको र रेल, बस लगायतका आवगामनका साधन बन्द गरे पनि माओवादीले आफ्नो गतिविधिमा कमी नल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: