करणी गर्ने र गाला टोक्ने फक्राउ

बिर्तामोड । अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको हल्दिवारीबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिवारी ७ बस्ने भिमबहादुर राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले बोल्न नसक्ने मानसिक सन्तुलन ठिक नभएकी अपाङ्ग महिलालाइृ २६ गते शनिवार जबरजस्ती करणी गर्दै गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेर फरार राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै हलिदवारी ६ की एक युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने १८ बर्षिय स्थानीय प्रेम तामाङ्ग पक्राउ परेका छन् । गाँउकै एक युवतीलाई मकैबारीमा लगेर जबरजस्ती करणी गर्न खोज्ने तामाङ्गलाई समेत जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरको जनाएको छ ।

तामाङ्गले पीडित महिलालाई घरनजिकैको मकैबारीमा लगेर जबरजस्ती करणी गर्न खोजेको बताइएको छ । पीडित महिलाको गालामा तामाङ्गले टोकेकाले पीडित युवती घाइते भएको आजको पुर्वाञ्चल दैनिकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: