चट्याङले लागेर एक बालिकाको मृत्यु

बारा । चट्याङले लागेर बारामा एक बालिकाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–१ नमसगराघाट निवासी रामबहादुर मुखिया विनकी ११ वर्षीया छोरी गिरजा मुखिया विनको मृत्यु भएको हो । विनकै छोरा पाँच वर्षीय प्रेम मुखिया विन घाइते भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

खपडाको घर रहेको विनको घरमै सुतिरहेको बेला आइतबार राति परेको चटयाङ्ले छोरीको मृत्यु भएको र छोरा घाइते भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: