भुकम्प पीडित सदस्यलाई फोनीजको सहयोग

बिर्तामोड । महाभुकम्प पिडितहरुका लागि राहत स्वरुप नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापाले ८२ हजार रकम संस्थाको केन्द्रीय कार्यालयमा बुझाएको छ ।
जम्मा भएको रकम मध्ये भुकम्पमा परि ज्यान गुमाउन पुगेका सुमन भोम्जनको परिवारलाई २७ हजार र बाँकी रकम राहत र रिपोटिङ्ग कार्यक्रम अन्तरगत सिन्धुुपाल्चोक र अति प्रभावित क्षेत्रमा बाडिनेछ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघले महाभुकम्पबाट क्षति व्यहोर्नु परेका पत्रकार सदस्यहरुको तथ्याकं संकलन गरि छुट्टै सहयोग गर्ने योजना पनि बनाएको छ । भुकम्पबाट पत्रकारहरुको के कति क्षति भयो त्यसको लगत संकलन गरि चाँडैनै सहायोग गर्ने योजना रहेको केन्द्रीय सदस्य इन्द्रजीत मुखियाले बताएका छन् ।

रकम संकलनका लागि विर्तामोड नगरपालिका ७ घर भई हाल बेलायतमा बस्दै आएकी शुभलक्ष्मी राईले ७५ हजार र बाँकी फोनीज झापाको कार्यसमितिबाट संकलन गरिएको शाखा अध्यक्ष गणेशमान मुखियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: