शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गोष्ठी

बिर्तामोड । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि झापाको चारपानेमा एकदिने ‘सामुदायिक बिद्यालयको पहिचान, गुणस्तरीय शिक्षा निर्माणको अभियान’ कार्यशाला गोष्ठी भएको छ ।
कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको गोष्ठीमा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेल रहेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय झापाका उपसचिब उद्धब बिष्टले कार्यपत्र पर्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपसचिब बिष्टले बिद्यमान शिक्षा ऐन, नियम, यसको प्रभाबकारिता कार्यान्वयन, पालना, चुनौती, समस्या समाधानको उपायहरुका बारेमा कार्यपत्र प्ररस्तुत गरेका थिए । कर्णाली सहकारीका अध्यक्ष टिएस प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भूपाल बस्नेतले गरेका थिए । अध्यक्ष प्रधानले बिद्यालयको वाताबरण, अनुशासन, पढाईको स्तर, बिद्यार्थी र शिक्षकको संख्या साथै अन्य कुराहरु हेरेर उत्कृष्ट बिद्यालयकाई पुरस्कृत गर्ने बताए ।
कार्यक्रममा शिक्षक युनियनका केन्द्रीय सदस्य नारायणप्रसाद गौतमले शिक्षाको गुणस्तर अभिबृद्धि गर्ने प्रमुख भुमिका शिक्षकको नै हुने बताएका छन् । गौतमले शिक्षाको गुणस्तर अभिृद्धिमा सबैभन्दा ठूलो हात प्रध्यानाध्यापक, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति र अभिभाबक हुने भएकाले एकजुट भएर लाग्न आग्रह गरे । कार्यक्रममा संस्थाका सदस्य पूर्ण कन्दङवा, नेपाल शिक्षक युनियन झापा अध्यक्ष तेजप्रसाद चम्लागाई, जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: