अभिषेकले हेरे पिताको फिल्म पिकु

एजेन्सी । बलीउडका अभिनेता तथा अभिनेत्री जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले मुम्बईको सनी सुपर साउन्ड थिएटरमा फिल्म ‘पिकू’ को स्पेशल स्क्रीनिङग हेरेका छन् । बिग बी स्टारर यस फिल्मको स्क्रीनिङगमा ऐश, अभिषेक उनका बहिनी जुवाई नैना बच्चन र कुणाल कपूर पनि साथमा थिए ।

स्क्रीनिङगको साथमा ‘जज्बा’ अभिनेत्री ऐश्वर्या राय बच्चन कारमा बसेकी थिइन् भने अभिषेक, नैना र कुणाल थिएटरदेखि बाहिर निस्कदै थिए ।

पिकु सुजीत सरकारको डायरेक्शनमा बनेको फिल्म हो । ‘पिकू’ मा अमिताभ बच्चन, दीपिका पादुकोण र इरफान खानले मुख्य भुमिका निभाएका छन् । फिल्मले २ दिनमा १४.२ करोड रुपैयाँ कलेक्शन गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्: