आज पुनः अर्को ठुलो भूकम्प

काठमाण्डौ । मंगलबारको भूकम्पबाट विभिन्न जिल्लामा क्षति पुगेको रिपोर्ट आउन थालेको छ । ललितपुरमा १०७ जना घाइते भएको प्रहरीले प्रारम्भीक जानकारी दिएको छ ।
ललितपुरको नख्खुस्थित पोलि क्लिनिक भासिएको छ ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा केही घरहरु भत्किएका छन् । दोलखा सदरमुकाममा भूकम्पले क्षति र्पुयाएको छ ।
सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु आजको भूकम्पबाट भत्किएका छन् ।

चौतारा, मेलम्ची र हगाम लगाएतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भूकम्प आएकाले सो क्षेत्रमा पुनः क्षति भएको छ । रामेछापका विभिन्न गाउँमा पहिरो गइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: