गुल्मीमा सकेट बम फेला

गुल्मी । गुल्मी सदरमुकाम तम्घासस्थित जिल्ला कृषि विकास कार्यालय परिसरमा एक थान सकेट बम फेला परेको छ । कृषि विकास कार्यालय परिसरमा मंगलवार विहान कम्पाउण्ड वाल लगाउनका लागि जग खन्ने क्रममा बम फेला परेको हो ।
बेवारिसे अवस्थामा फेला परेको उक्त बमलाई निष्कृय गराउनका लागि जिल्ला प्रहरी कर्यालय गुल्मीले नेपाली सेनालाई खवर गरिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठले बताए ।
फेला परेको बमलाई यतिबेला प्रहरीले सुरक्षा घेराभित्र राखेर मानिसहरुलाई बमको नजिक जान रोक लागएको छ ।
जिल्ला प्रहरी कार्यालय परिससँगै जोडिएको जिल्ला कृषि विकास कार्यालयमा फेला परेको सकेट वम द्वन्द्वको समयमा सुरक्षाकर्मीले राखेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: