भूकम्पमा माओवादी नेता श्रेष्ठको खुट्टा भाँचियो

काठमाण्डौ । मंगलबार आएको पछिल्लो भूकम्पमा परी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका रामेछाप जिल्ला सचिव इन्द्रकुमार श्रेष्ठका दुवै खुट्टा भाँचिएका छन् ।

भूकम्पबाट भत्किएको रामेछापको एक घरमा पुनर्निर्माण कार्यमा लागिरहेका बेला अचानक ठूलो भूकम्प आएपछि मर्मतकार्य भइरहेको घरबाट लड्दा माओवादी नेता श्रेष्ठको खुट्टा भाँचिएको हो ।

श्रेष्ठलाई मंगलबार आपाह्न नै उपचारार्थ काठमाडौं ल्याउने तयारी चलिरहेको जानकारी नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् कार्यालयसचिव गुणराज लोहनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: