भूकम्पले त्रिभुवन विमानस्थल पौने एकघण्टा अवरुद्ध

काठमाण्डौ । भूकम्प गएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टीआइए) पौने १ घण्टा अवरुद्ध भएको छ । दिउँसो करिव १ बजेर ५५ मिनेट जाँदा विमानस्थल बन्द गरिएको थियो । अहिले विमानस्थल सुचारु भइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।

‘विमानस्थल २ बजेर ४० मिनेटपछि सुचारु भइसकेको छ’ टीआइएका निमिक्त महाप्रबन्धक बीरेन्द्रप्रसाद श्रेष्ठले भने ‘अन्तर्रा्ष्ट्रिय उडान अवतरण भइसकेको छ ।’
विमानस्थल कार्यालयका अनुसार पौने घण्टा उडान अवतरण बन्द हुँदा कुनै पनि जहाज डाइभर्ट गर्नुपरेन । समाचार तयार पार्दासम्म विमानस्थल सुचारु भएपछि एयर अरेबिया, कतार एयरवेज अवतरण गरिसकेका छन् भने एयर एशिया अवतरण गर्ने तयारीमा छ ।

विमानस्थलमा अव नियमित उडान अवतरण हुने श्रेष्ठको भनाई छ । यात्रुहरुलाई बोर्डिङ पास लिने काम भइरहेको छ भने बोर्डिङ पास लिइसकेका यात्रुहरु भित्र पसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: