अमेरिकी हेलिकप्टर बेपता

काठमाडौं । हिजो दिउसोदेखि हराईरहेको अमेरिकी हेलिकप्टर अझै पत्ता लाग्न सकेको छैन । हिजो गएको दोश्रो ठुलो भुकम्पमा परेकाहरुको उद्धार र खोजिका लागि दोलखा तर्फ उडेको अमेरिकी सेनाको हेलिकप्टर हिजो दिउसो साँढे २ बजेदेखी सम्पर्क बिहिन भएको हो ।

हराईरहेको हेलिकप्टर खोजिका लागि नेपाली सेना परिचालित भएपनि अहिलेसम्म कुनै जानकारी नआएको दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । हेलिकप्टरमा नेपाली र अमेरिकी गरि ८ जना चढेका थिए ।       America

अति प्रभावित दोलखामा हेलिकप्टर हराएको हुन सक्ने अनुमान गरिएको थियो । दोलखाका प्रहरी प्रहरी वपरिष्ट उपरिक्षक सुरेश वित्रम शाहले बिकट पाहाडी क्षेत्रको जानकारी अझै नआईपुगेको बताए । उनले हेलिकप्टर सिन्धुपाल्चोक तर्फ पुगेको हुनसक्ने आशंका गरे । तर सिन्धुपाल्चोकका प्रहरी निरिक्षक सुदिप आचार्यले भने हराईरहेको हेलिकप्टरबारे आफुहरुलाई थाहा नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: