उत्तर कोरियाका रक्षामन्त्रीलाई मृत्युदण्ड

एजेन्सी । उत्तर कोरियाका रक्षा मन्त्रीलाई फाँसी दिइएको दक्षिण कोरियाको खुपिया (इन्टेलिजेन्स) संस्थाले जनाएको छ । संस्थाका सदस्यले दक्षिण कोरियाको संसदमा दिएको जानकारी अनुसार नेता किम जोङ उनप्रति बफादारी नबनेको र उनी सहभागी एक कार्यक्रम निदाएको अभियोगमा रक्षामन्त्री ह्योन योङ छुललाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको हो ।

बिबिसीले जनाए अनुशार गत अप्रिल ३०मा ह्योनलाई राजधानी प्योङयाङदेखि २२ किलोमिटर उत्तरी क्षेत्रमा ‘एन्टी एयरक्राफ्ट गन‘ ले प्रहार गरिएको थियो। उनलाई मृत्युदण्ड दिइएको सयौं मानिसले प्रत्यक्ष हेरेका थिए । ६६ वर्षे ह्योन सन् २०११ मा नेता किम जोङ इलको निधनपछि दाहसंस्कार समितिमा रहेर काम गरेका थिए । त्यसअघिको उनको पृष्ठभूमि खुलाइएको छैन्।

गत वर्षमात्र उनलाई देशको रक्षामन्त्री नियुक्त गरिएको थियो। गत अप्रिलमा उनी रुसमा भएको एक सैन्य कार्यक्रममा देखिएपछि सार्वजनिक भएका थिएनन । उनलाई अप्रिलमै हिरासतमा लिएर कुनै कानुनी सुनुवाई नगरी मृत्युदण्ड दिइएको हो ।       222

यो वर्षमात्र आफ्नो नेतृत्वविरुद्ध लाग्ने १५ जनालाई नेता किमले मृत्युदण्ड दिएको जनाइएको छ । सन् २०११ मा किम जोङ उन सत्तामा आएदेखि ७० जना उच्च अधिकारीलाई मृत्युदण्ड दिइएको छ । किमले कुनै बेला देशको दोस्रो शक्तिशाली व्यक्ति रहेका आफ्ना काका चांग सोक थेइकलाई पनि मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: