काठमाडौंलाई नै केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाण्डौ । काठमाडौँ उपत्यका आसपासका जिल्लालाई केन्द्रबिन्दु बनाएर गइरहेको भूकम्पको पराकम्पन आज रातिदेखि काठमाडौँ आसपासलाई केन्द्रबिन्दु बनाएर पराकम्पन गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति २ बजेर ७ मिनेट जाँदा काठमाडौँ आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको छ ।

1
गएरातिनै ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.९ र ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
यही वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, भक्तपुर केन्द्रबिन्दु बनाएर चार रिक्टर स्केलमाथिका दर्जनौं पराकम्पन गएका थिए ।

विनाशकारी भूकम्पका पराकम्पन क्रमिकरुपमा कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको भएपनि मङ्गलबार दिउँसो गएको ७.३ रिक्टर स्केलको पराकम्पनपछि उपत्यकाको जनजीवन प्रभावित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्: