काडमाण्डौबासीे राती फेरि खुला चौरमा

काठमाण्डौं । मंगलबारको भूकम्प र त्यसपछिको धक्काका कारण धेरै मानिसहरु फेरि खुला आकाशमुनि बस्न थालेका छन् ।
संविधानसभा भवन बाहिरको चौरदेखि सडक पेटीमा समेत मानिसहरु बसेका छन् । राति ८ बजेदेखि संविधानसभा भवनमा मानिसहरु पाल टाँग्ने तयारीमा थिए । केही खुला आकासमुनि सुतिरहेका थिए । बालबालिकाहरुमा समेत भूकम्पको त्रास देखिएको छ ।
साथै बानेश्वरदेखि माइतीघरसम्मको फराकिलो सडकमा दुईतर्फ रहेको बगैंचामा पनि मानिसहरु सुतेका थिए । केही मानिसहरु गाडी सडक किनारमा राखेर सुतेका थिए । अन्य केही भने माइतीघर मण्डलामा बसिरहेका थिए् । झापाका ठूला र पुराना घर हुनेहरु पनि केही समय खुल्ला चौरमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्: