किन आइरहन्छ नेपालमा भूकम्प ?

काठमाण्डौ । गएको १२ गतेको विनाशकारी भूकम्पपछि नेपालमा भूकम्पका विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा चलिरहेको छ । यो भूकम्पको पूर्वानुमान गर्न कठिन भएपनि नेपाल सँधै यस्ता भूकम्पको खतरामा रहेको बैज्ञानिकहरुले बताउँदै आएका छन् ।

कतिपयले ज्योतिषीय हिसावले अनुमान गर्ने र पुगेको दावी गरेपनि हाल सम्मको कुनै पनि बैज्ञानिक प्रविधीले भूकम्पको पूर्वानुमान गर्न सक्दैन । यद्यपी नेपाल हिमालयन क्षेत्रमा पर्ने भएका कारण सँधै भूकम्पीय जोखिममा भने रहेको भूगर्भवीदहरु बताउँछन् । कतिपय बैज्ञानिकहरुले त हालै गएका भूकम्प अनुमान अनुसार नै गएको समेत दावी गरेका छन् ।
नेपाल सँधै भूकम्पीय जोखिममा छ ?
नेपालमा भूकम्प जानुको मुख्य कारण भारत र तिब्बतबीचको टेक्टोनिक प्लेटमा हुने घर्षण भएको बैज्ञानिकहरु बताउँछन् । हिमालयन रिजन भनिने यो क्षेत्रमा भूकम्पकको खतरा सँधै रहने उनीहरुको भनाई छ । यो क्षेत्रलाई युरोएसियन टेक्टोनिक प्लेट्सको संगम विन्दु मानिन्छ । यसैकारण यो क्षेत्रमा समय समयमा झट्का लागिरहन्छ । भारत तर्फको प्लेट उत्तर तर्फ अघि बढिरहेको र तिब्बती प्लेटसँग यो प्लेटको संघर्षले नेपाल भूकम्पको चपेटामा पर्ने गरेको छ ।
किन आइरहन्छ भूकम्प ?

12
इण्डियन र तिब्बतीयन टेक्टोनिक प्लेटको घर्षणका कारण हिमालयन क्षेत्रमा ठूलो शक्ति पैदा भैरहेको छ । त्यही कुण्ठिन शक्ति मुक्त हुन खोज्दा भूकम्प आउँछ । प्लेट घर्षणकै आधारणमा बैज्ञानिकहरु भूकम्पको अनुमान गर्छन् र सचेत गराउँछन् ।
हिमालयन रिजनमा प्लेट घर्षणबाट शक्तिशाली भूकम्पका लागि शक्ति तयार भएपछि सतहमा झट्का लाग्ने गरेको बैज्ञानिक निष्कर्ष छ । १२ बैशाख शनिबारको भूकम्प २० वटा आणविक बम विष्फोट भएको भन्दा शक्तिशाली रहेको बताएका बैज्ञानिकहरुले हिमालयन क्षेत्रमा प्लेट घर्षणका कारण यस्तो शक्ति सन्चित हुने गरेको बताउँछन् ।
पछिल्लो निरन्तरता किन?
१२ बैशाखको विनाशकारी भूकम्पपछि निरन्तररुपमा पराकम्पन महसुस भैरहेको छ । प्लेट घर्षणका कारण फुट्ने र त्यो फूटाइबाट पैदा भएको शक्ति भूकम्पकोरुपमा बाहिर निसक्ने र त्यो शक्ति बहिर्गमन भएपनि प्लेट रहेको स्थानमा सन्तुलन कायम गर्नका लागि पराकम्पन जाने भूगर्भवीद बताउँछन् । पराकम्पन मुख्य भूकम्पभन्दा ठूलो नहुने समेत बताइएको नेपाली हेडलाइन्समा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: