दुर्घटनामा ३ को मृत्यु २४ घाइते

नवलपरासी । नवलपरासीको सुनवल–७ ज्यामिरेमा बुधवार माइक्रो बस र टिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ ख ३८७४ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८४७५ नम्बरको ट्रिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको हो ।

mechikhabar

अन्य २४ जना गम्भीर घाइते भएको भएका छन् । गम्भीर घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन नसकेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्: