दोलखामा ३६ को मृत्यु, एकसयभन्दा बढी घाइते

काठमाण्डौ । मङ्गलबार गएको शक्तिशाली पराकम्पनपछि दोलखामा मात्रै ३६ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल अधिकारीका अनुसार दोलखामा यसअघि विनाशकारी भूकम्पबाट जोगिएका घरहरु मङ्गलबारको शक्तिशाली पराकम्पनपछि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यसैगरी दोलखामा उद्धारका लागि गएको अमेरिकी हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सुनखानी आसपास क्षेत्रमा सम्पर्क्विहीन भएपछि खोजीका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोमा ११ को मृत्यु

यसैगरी पराकम्पनपछि सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी गम्भीर घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार जिल्ला सदरमुकामलगायत सबै गाविस प्रभावित भएको र १२ गतेको भूकम्पबाट बचेको घरहरु मङ्गलबारको पराकम्पनपछि क्षतिग्रस्त बनेका छन् ।

                                                                                                     1
जिल्लामा १२ गतेको भूकम्पमा परी तीन हजार २१३ र मङ्गलबार गएको पराकम्पनपछि ११ गरी तीन हजार २२४ जनाको मृत्यु भइसकेको छ ।

रसुवामा भीषण पहिरो

यस्तै मङ्गलबार गएको भीषण पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला ठूला पहिरो गएका छन् ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइका अनुसार गोसाइकुण्ड, स्याफ्रुवेसी, हाकु, मैलुङलगायतका स्थानमा ठूला पहिरो गएको भए पनि हालसम्म मानवीय क्षति भएको छैन ।
यसअघि १२ गते आएको भूकम्पमा परी जिल्लामा ५ सय ६४ जनाको मृत्यु भएका बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: