नेविसंघद्धारा अक्षयकोष स्थापना

काठमाण्डौ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले बिनासकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालयहरुको पुनर्निर्माण गर्न र अनाथ बालबालिकाको अध्ययनको व्यवस्था मिलाउन अक्षयकोष स्थापना गरेको छ ।

Nebisangh
देशभरका विद्यार्थीहरुसँग एक कप चिया बराबरको रकम संकलन गरी ‘नेविसंघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ स्थापना गरिएको हो ।
नेपाली कांग्रेसका सभासद ईन्द्र बानियाँ र समाजसेवी होमनाथ कोइरालाले ५–५ लाख रुपैयाँ कोषमा सहयोग गरेका छन् ।

नेविसंघले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा ‘नेपाल विद्यार्थी संघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ को खातासमेत खोलेको छ । खाता नम्बर ११३०००३७६७०१ मा ईच्छुक व्यक्तिले कोषका लागि रकम सहयोग गर्न सक्ने छन् ।

कोषमा जम्मा भएको रकमबाट भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरु निर्माण गर्ने र भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको शिक्षामा सहयोग गर्ने नेबिसंघ नेता ऋषिकेश जंग शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: