मंगलबारको भुकम्पमा ७६ को मृत्यु (अपडेट)

काठमाण्डौ । देशका विभिन्न स्थानमा हिजो मंगलबार १२ बजेर ५२ मिनेटमा आएको बिनाशकारी भुकम्पमा परी अपरान्ह हालसम्म ७६ जनाको ज्यान गुमेको छ भने १ हजार ९ सय ८७ जना घाइते भएका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै उक्त भूकम्पबाट ५ पूर्णरुपमा र १७ आंशिक रुपमा गरी जम्मा २२ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैगरी बैशाख १२ गते शनिवार ११ बजेर ५५ मिनेटमा आएको आएको बिनाशकारी भुकम्पमा परी आज हालसम्म ८ हजार १ सय ५४ जनाको ज्यान गुमेको छ भने १७ हजार ८ सय ६४ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: