मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण परीक्षा स्थगित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    parikchya
परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिइने कार्यालयले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ ।

त्यस्तै शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भने पनि अब विद्यालयहरु जेठको दोस्रो सातासम्म बन्द हुने जनाइएको छ ।
तत्काल सुचारु हुने अवस्था नरहेको भन्दै ग्रामीण क्षेत्रका अधिकांश विद्यालय भवन ध्वस्त भएका कारण पठन पाठन सम्भव नरहेको बताइन्छ ।
शहरकै पनि कतिपय विद्यालय भवन भत्किएका कारण निजी विद्यालय पनि सञ्चालन हुने अवस्था नरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: