मानवअधिकारकर्मीद्धारा भुकम्प प्रभावीत भवन अनुगमन

प्रतिक्षा काफ्ले/स्याङ्जा । स्याङ्जामा भुकम्पबाट भएको क्षतिको बारेमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय पोखरा र अनौपचारिक सेवा केन्द्र (इन्सेक) को संयुक्त टोलीले अनुगमन गरेको छ ।

अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र रेडक्रस जिल्ला सभापति संग दैविक प्रकोपको बारेमा छलफल गरेको थियो । वैशाख १२ गते गएको महाभुकम्प र मंगलबार गएको अर्को ठूलो भुकम्पका कारण यहाँ समेत भौतीक क्षति भएको छ ।

दुई वटा ठूलो भुकम्पमा मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको मंगलबार सम्मको तथ्याँक अनुसार ४ हजार ३२ घर पूर्ण र १५ हजार ८ सय ९ आँशिक क्षति भएको जनाईएको छ । स्याङ्जामा धेरै घरहरुमा र सरकारी कार्यालयहरुमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले बताइन् । घिमिरेका अनुसार अलि अलि बाँकी रहेका घर, भवनहरु पनि मंगलबार आएको भुकम्पले भत्काएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाइटी लगायतका कार्यालयहरु अनुगमन गरेको इन्सेकका क्षेत्रिय प्रमुख शिव खकुरेलले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय सामान्य क्षति भएको बताउदै जिल्ला प्रहरी कार्यालयका भवन पूर्ण क्षति ग्रष्त भएको हुदाँ बस्न नहुने बताए । अस्थाई टहराको लागि इन्सेकले केहि भौतिक सामानहरु समेत सहयोग गरिने क्षेत्रीय प्रमुख खकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: