हृदयघात हुँदा रौतहटमा एकको मृत्यु

रौतहट । सुतिरहेको बेला अचानक भूईचालो आएपछि घरबाट भाग्ने क्रममा हृदयघात भएर एक जनाको मृत्यु भएको छ ।
बिहान तीन बजेर १० मिनेटमा आएको भुकम्पका कारण प्रतापपुर पल्टुवा ९ का ५० वर्षका हरि महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

14
निद्रामा रहेका महरालाई घर परिवारका सदस्यहरुले अचानक ब्युझाएर दौडाउदा त्रासले हृदयाघात भएको प्रहरी उपरिक्षक सानुबाबु थपलियाले जानकारी दिए ।
त्यस्तै भुइचालोबाट आफूलाई सुरक्षित गर्न भाग्ने क्रममा रंगपुर गाविस ९ का ८० वर्षका बुधिया खातुको हात भाँचिएको छ । उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका पराकम्पनहरु आउने क्रम जारी नै रहेकोले रौतहटमा सम्पूर्ण शैक्षिक सँस्थाहरु आज बन्द रहेका छन । विद्यार्थी र अभिभावकमा समेत त्राश रहेका बेला विद्यालय सञ्चालन गर्न सुरक्षित नहुने भए पछि प्याबसनले पनि जिल्लाका सबै निजी तथा आवासीय विद्यालयलाई बन्द गराएको छ । यता झापामा पनी बिद्यालयहरु बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्: