अमेरिकी हेलिकोप्टरको खोजी जारी– नेपाली सेना

काठमाण्डौ । अर्थमन्त्री डा. रामशरण महतले समेत मंगलबार अपराहृनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टर भेटिएको खबर आएको भनिए पनी नेपाली सेनाले भने त्यसको खण्डन गरेको छ ।
नेपाली सेनाले बुधबार राति साढे ७ बजे प्रेस विज्ञप्ति जारी गरेर हेलिकोप्टरको खोजी जारी रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ भूकम्पपश्चात् दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको  हेलिकप्टरको खोजी कार्य जारीरहेको छ ।’
मंगलबार अपराहृन दोलखाको सुनखानी क्षेत्रमा पुगेपछि हेलिकोप्टर सम्पर्क्बिहीन भएको थियो । हेलिकोप्टरमा दुई नेपाली सेना र चालक दलका सदस्यसहित उद्धारमा आएका ६ अमेरिकी सेना थिए ।

                                                                                                  America
हेलिकोप्टरको खोजीमा लापिलाङ, लामिडाँडा, सुनखानी, जुभु लगायतका क्षेत्रमा स्थल सेना समेत पठाइएको छ । तर, अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्: