अमेरिकी हेलिकोप्टर हराउँदा तीनथरि आशंका, हराएको हेलिकोप्टर नयाँ भर्सनको हो –  पेन्टागन

काठमाडौं । एमाले नेता राधाकृष्ण मैनालीले अनलाइनखरमा टेलिफोन गरेर प्रश्न गरे( ‘त्यो हराइरहेको भनिएको अमेरिकी हेलिकोप्टर चीनतिर गएको भन्ने चर्चा चलेको छ, के यो सही हो ?’ भूकम्प पीडितको उद्धारमा खटिएको अमेरिकी हेलिकोप्टर मंगलबार दोलखाबाट हराएपछि पूर्वमन्त्री मैनालीलेजस्तै आशंका र प्रश्नहरु धेरै नेपालीले गर्न थालेका छन् । हराएको हेलिकोप्टर तेस्रो दिन बिहानसम्म भेटिएको छैन ।

यति सानो देशको सानो क्षेत्रफलमा हराएको भनिएको हेलिकोप्टर दुई दिनसम्म फेला पर्न नसकेपछि रहस्य उत्पन्न हुनु अस्वाभाविक होइन । दुर्घटनामै परेको भए पनि त्यसका प्रमाणहरु यतिबेलासम्म फेला परिसक्नुपर्ने हो, तर, मंगलबार बेपत्ता भएको हेलिकोप्टरको विहीबार बिहानसम्म अत्तोपत्तो नहुँदा धेरैमा आशंका जन्मियो ।

                                                                       1
तीनथरि आशंका

अमेरिकी हेलिकोप्टर हराएपछि अधिकांश नेपालीहरुले यसबारे तीनखाले आशंका गरेका छन् स् पहिलो, कतै मानवरहित क्षेत्रमा दुर्घटनामा परेको हुन सक्छ, दोस्रो जानीबुझी चिनियाँ भूमिमा जासुसी गर्न प्रयोग गरिएको हुन सक्छ, र तेस्रो चीनको भूमिमा प्रवेश गरेका कारण चिनियाँहरुले झारिदिएको हुन सक्छ ।

                                                                             2

हेलिकोप्टरबारे यतिबेला काठमाडौंका गल्ली गल्लीमा यस्तै चर्चा चल्न थालेको छ । र, यही भएर पूर्वमन्त्री मैनालीले समेतले प्रश्न गरेका हुन्, कतै यो हेलिकोप्टर चीनतिर त गएन ?

चीन अमेरिकावीचको सम्बन्धलाई लिएर नेपालमा बेला बेलामा यस्ता चर्चाहरु हुने गरेका छन् कि चीनलाई घेर्ने अमेरिकी नीति अन्तरगत नेपालको भूमि विश्व राजनीतिको मैदान बन्न सक्ने खतरा छ ।

नेपालमा आएको दैवी विपत्तिको मौकामा यहाँको भूमि प्रयोग गरेर चीनसम्बन्धी सामरिक सूचना लिने कार्यमा भारत र अमेरिका लाग्न सक्ने आशंका गरिँदै आएका बेला हेलिकोप्टर हराएपछि विभिन्न राजनीतिक आशंकाहरु गरिएका हुन् ।

मिसनमा प्रयोग गरिने नयाँ भर्सनको हेलिकोप्टर – पेन्टागनAmerica

यसैवीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उधृत गर्दै वासिङटन पोष्टले जनाए अनुसार अफगानिस्तान र एशिया प्यासिफिक क्षेत्रमा प्रयोग गरिँदै आएको यो हेलिकोप्टर नयाँ भर्सनको हो ।
बेल हेलिकोप्टरद्वारा सन. १९५०मा बनाइएको एयरक्राफ्टको नयाँ भर्सन भएकाले यसलाई सुपर हुएई र याङ्कीका नामले चिनाइने गरेको हो ।

विभिन्न मिसनहरुमा प्रयोग गर्नका लागि बनाइएएको यो हेलीकोप्टर सन् २००८ देखि अफगानिस्तान र प्यासिफिक क्षेत्रमा प्रयोग गरिँदै आएको थियो ।
नेपालमा भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनासँग ‘सहयोगी हातहरु’ अभियान अन्तरगत अमेरिकाबाट १ वाईका साथै एमभी २२ बी ओस्प्रे, केसी १३०जे कार्गो प्लेन र सी १७ हेलिकोप्टर भित्रिएका छन् ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका ब्रिगेडियर जनरल पाउल केनेडीको नेतृत्वमा अमेरिकी सेना भूकम्प पीडितको उद्धारमा खटिरहेको छ । अनलाइन खवरबाट ।

प्रतिक्रिया दिनुहोस्: