कारागारबाट फरार अभियुक्त पक्राउ

पाल्पा । बिनासकारी महाँभूकम्प आएको मौका पारी कारागारबाट फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । फरार सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
तानसेन नगरपालिका ११ प्रभासका २३ वर्षका सुजनले २०७० साल पौष २३ गते अन्य दुई जनासँग मिलेर आफ्नो दाई २५ वषिर्य सुदिप कोइरालाको हत्या गरेका थिए ।

उनले दाजुको हत्या गरी मस्याम–४ मा रहेको केराबारीको भिरमा लगेर फालेका थिए । गत १२ गते आएको महाँभुकम्पका बेला सुजन सिन्धुपाल्चोक कारागारबाट भागेका थिए । भुकम्पले सिन्धुपाल्चोक कारागारमा पनि क्षति र्पुयाएको छ ।

                                                                                                      bandi

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरिक्षक प्रकाश सिंखडाको नेतृत्वमा गएको प्रहरीको टोलीले बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं.–१३ को देवीनगरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको पाल्पाका प्रहरी नायव उपरिक्षक सुमनकुमार तिमल्सेनाले जानकारी दिए ।

अभियुक्त सुजनलाई जिल्ला अदालत पाल्पाले सर्वस्व सहित २० वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: