चीन र भारतबीच युद्ध भयो भने के हुन्छ ?

यस कारण चीन र भारतबीच तत्काल युद्ध हुदैन

यसैसाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने चीन भ्रमणमा जानू पूर्व भारतीय सेनाका उपप्रमुख जनरल फिलिप क्याम्पोसेले गत शनिबार दिल्लीको एउटा सेमिनारमा चीनसग‘ जुनसुकै बेला युद्ध हुन सक्ने चेतावनी दिएको भन्ने दक्षिण एशियामै उत्तेजनात्मक प्रचारबाजीका लागि मारि मानिने भारतीय सञ्चारमाध्यमको समाचारले भारतमात्र हैन नेपाली सञ्चार माध्यमहरुलाई निकै प्रभावित बनायो । धेरैले यो समाचारलाई महत्वका साथ प्रचार गरेको देखियो ।

चीनसग‘ तत्काल युद्ध गर्ने क्षमता भारतमा देखिदैन । किनकि मोदी प्रधानमन्त्रीको हैसियतमा जानु भन्दा पहिले नै सन् २०११ मा हेड अफ् स्टेटकै हैसियतमा उनले चीनबाट स्वागत ग्रहण गरेका थिए , जुन हैसियत हेड अफ् स्टेट नभएर गुजरातका मुख्य मन्त्री मात्र थिए उनी । त्यस अघि उनी तीन पटक चीन गईसकेका थिए । र मोदीको यो प्रधानमन्त्रीको हैसियतमा पहिलो तर पाचौं चीन भ्रमण हुदैछ र उनी चीनसग‘ असाध्य ठूलो सम्बन्ध बिस्तार गरेर भारतमा चीनीया लगानी भित्र्याएर चीन जस्तै उत्पादक तथा निर्यातकर्ता मुलुकको रुपमा विकास गर्न चाहन्छन् यस्तो बेला कुनै एक सैनिक अधिकारीले युद्धको हवाला किन दिए ?

                                                                                   11
अहिले मोदी चीनीया भाषामै सामाजिक सञ्जालमा एकाउण्ट खोलेर त्याहाका युवाहरुसग‘ संवाद आदान प्रदान गरेका छन् । यसले मोदी चीनसग‘ तल्लो तहसम्मको सम्बन्ध बनाउने प्रयत्नमा आफू रहेको देखाउन खोजिरहेका छन् एकातिर अर्को्तिर युद्धको कुरा सेनाभित्रबाट उठे पछि तरगित भएको छ ।
तर के वास्तविक अर्थमा चीन र भारत युद्धको निकट पुगेका हुन् त ? के छ त उनीहरुको सैनिक प्राविधिक र आर्थिक अवस्था ? मोदीे भ्रमणको पूर्व सन्ध्यामा किन यस्तो विषय आयो ? यो निकै अध्ययनको विषय हुन सक्छ ।

यात यो मोदी च्यानलबाटै यस्तो अभिव्यक्ति दिएर संभावित चीनीया प्रतिकृयाको अपेक्षा गरिएको हुनु पर्छ या त मोदीले यस विषयमा केही जानकारी मागेको हुनु पर्छ किन बोलेको भनेर । अन्यथा भ्रमणको पूर्व सन्ध्यामा जहा ठूला ठूला आर्थिक मुद्धाहरुमा सम्झौता हुने चर्चा छ यो बेला युद्धको कुरा नउठ्नु पर्ने हो । अर्को तिर यो भ्रमणमा चीन भारत सीमा विवाद समाधानका लागि पनि छलफल होस् भन्ने आशयले यसको चर्चा बढेको पनि हुन सक्छ । त्यसै पनि भारतीय सञ्चारमाध्यमहरु तुलनात्मक रुपमा अफवाहपूर्ण सामाग्री बढी प्रचार गर्दछन् धेरै वर्ष पहिले देखि नै उनीहरुले चीनले भारतमा हमला गर्न सक्ने खबर प्रकाशन गर्दै आएका थिए ।111

यो नै आधारमा युद्ध भईहाल्छ भन्नु गलत हुने छ । भारत आफैले चीन विरुद्ध आक्रमण गर्ने हो भने भारतसग‘ त्यो सामरिक र प्राविधिक क्षमता देखिदैन , चीनले हमला गर्छ भन्ने हो भने आजको ची‘नीया अन्तराष्ट्रिय प्रवृति कुनै सैनिक युद्धमा भन्दा पनि आर्थिक विकास र प्रभावको मुद्धामा केन्द्रीत रहेको हुनाले पनि त्यस्तो युद्ध अहिले कुनै पनि तर्फबाट संभावना देखिदैन । तर भविष्यमा युद्ध हुन सक्ने कुरालाई अस्वीकार भने गर्न हुन्न ।

अहिले चीन र भारतबीच कुटनीनित सम्बन्ध स्थापना भएको ६५ वर्ष पुरा भएको छ र यस बीचमा उनीहरु ठूलो युद्धबाट गुजिएएका थिए । जहा भारत पराजीत भए पछि ठूलो युद्ध भन्दा सयुक्त सैन्य अभ्यास जस्ता सहकार्य भईरहेको छ । गर्दै सन् २०१४ मा चीनका राष्ट्रपति सि जिन पिङले भारत भ्रमण गर्दा भारतसग‘को सम्बन्धलाई उच्च महत्व दिएका थिए । त्यस अघि सन् २०१२ मा चीनीया प्रधानमन्त्री लि खच्याङ भारत भ्रमणमा गए र विभिन्न आठ बुदे समझदारीमा हस्ताक्षर पनि गरे ।

सिमा विवाद व्यापार लगायतका विषयमा उनीहरुबीच कुराकानी पनि भयो । केही समय अघि पाकिस्तान र चीनले आर्थिक करिडोर बनाउने जस्ता रणनीतिक सम्झौता गरे पछि पनि भारतीय सञ्चारमाध्यमहरुमा विरोध आएको थियो ।     1111

गत अप्रीलमा चाईना टुडेमा प्रकाशित चीनका लागि भारतीय राजदुत असोक खन्नाले भनेका छन् । चीनीया ड्रयागन र भारतीय हात्ती एउटै तालमा नाच्ने भनी चीन भारत सम्बन्धलाई उच्च महत्व प्राथमिकता र सहकार्यमा जोड दिएका थिए ।

यद्यपि, संसारको सबै भन्दा बढी जनसख्या भएको र तीव्र आर्थिक बृद्धि गरेको बिशाल चीन र जनसख्या र आर्थिक बृद्धिमा पनि अगाडी नै रहेको भारत निकै प्रतिस्पर्धी देखिएका छन् । सन् १९५० को दशक सम्म खासै भुमिकामा नदेखिएका यी दुई छिमेकी अहिले विश्वकै प्रमुख केन्द्र विन्दु वन्दै गएका छन् । दुवै मुलुकबीच अर्बौ डलरको व्यापार आदान प्रदान भईरहेको छ ।

तर सोही आर्थिक प्रतिस्पर्धा , विश्वमा भुमिकाको खोजी एवं क्षेत्रीय प्रभावका दृष्टिले मात्र नभई ३५ सय किमी भन्दा लामो अरुणान्चलको सिमा विवादका कारण पनि सामरीक दृष्टिले यी दुवै देशका बीच गंभीर मतभेद छ ।

सन् २०११ मा केही समय पहिलेको सैनिक अधिकारीहरुको भ्रमण रद्धको विषयले भने केही गंभीर संकेत अवस्य गरे पनि तत्कालै युद्धको कुनै संभावना भने नरहेको विष्लेषकहरु ठान्दछन् । यहा‘ दुवै देशको आर्थिक तथा सामरिक दृष्टिबाट केही तुलनात्मक अध्ययन गरिएको छ ।

सन् १९६२ को युद्ध र असल छिमेकीको सम्बन्ध

सन् १९५९ सम्म भारत त्यस्तो देश थियो जसले १९४९ पछि स्थापीत जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्रसघको सदस्यमा मान्यता दिनु पर्ने मान्यता राखेको थियो । सन् १९७१ सम्म युद्धका क्रममा भागेर ताईवान जल डमरुमा रहेका च्याङ काई सेकले नेतृत्व गरेको ताईवानले नै राष्ट्रसंघमा प्रतिनिधित्व गरीरहेको थियो ।

र एक बिशाल चीनलाई राष्ट्रसंघले अलग गरेको थियो । जसले गर्दा चीन बहु देश जस्तो बन्न पुगेको थियो । र तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले चीनलाई मान्यता दिनु पर्ने प्रस्ताव गरेका थिए ।

अमेरीकाको ईच्छा विपरीत तात्कालीन सोभियत सघं लगायतका लगायतका देशहरुको दवावमा नै सन् १९७१ मा नै चीनले राष्ट्रसघको सदस्यता पायो र सुरक्षा परिषद्मा पनि रह्यो । चीनलाई राष्ट्रसघको सदस्य हुन वाट रोक्न अमेरीकाले ठुलो अभियान चलाएको थियो तर २१ औ पटकको मतदानमा चीनको पक्षमा ७६ मत परÞ्यो भने विपक्षमा ३५ तथा तठस्ट १७ वटा देशहरु रहेका थिए ।

र हाल उ भिटो अधिकार भएको स्थायी ५ सदस्य राष्ट्र मध्यको एक हो भने भारत अस्थायी सदस्यको रुपमा मात्र रहेको छ । लामो समय वेलायती उपनिबेशमा रहेको भारत सन् १९४७ मा मुक्त भएको हो भने चीन जापान सेनालाई पराजीत गर्दे १९४५ मा मुक्त भएको थियो भने नया चीन अर्थात जनवादी गणतन्त्र चीन सन् १९४९ अक्टोवर १ मा स्थापना गरिएको थियो । तर यसको करीब १ दशककै अवधिमा चीन र भारतवीच अरुणान्चल प्रदेशको सिमानाको विषयलाई लिएर सन् १९६२ मा युद्ध भयो ।

सन् १९५० को दशकदेखि शुरु भएको सिमा विवाद्ले सन् १९५९ मा चीनबाट दलाई लामा भारतमा गएर निर्वा्सित भएपछि दुई देशको सम्वन्ध अझ विग्रियो । र यस विवाद अझ पनि कायम छ र भोलि कुनै पनि वेला उठ्न सक्ने समाधान हुन नसकेको विषय हो ।

सन् १९५० पछि तत्कालीन प्रधानमन्त्री चाउ एन लाई र भारतीय प्रधानमन्त्री नेहरुबीच सिमामा वास्तविक नियन्त्रण रेखाको विवादका बारेमा चिट्ठी र नक्सा आदान प्रदान भईरह्यो । र तिव्वती मामलामा चीनले लिएको नीतिलाई समर्थन गरेपछि नेहरुलाई पनि चीनले साथ दियो र त्यति वेला नेहरुले हिन्दी चीनी भाई भाईको नारा पनि लगाए ।

तर त्यो सम्बन्ध छोटो अवधिमै भत्कियो । सन् १९५९ मा चीनिया नीतिको अवज्ञा गरेर असफल विद्रोह गरेका चौधौ दलाई लामा सहितका विद्रोहीहरुलाई भारतले शरण दिएपछि यो तनावमा वद्लियो । तत्कालीन राष्ट्रपति माओले समाचार सस्था सिनह्वासग सिमा विवादका बारेमा देखिएका प्रकासित रिपोर्टहरु मागरे अध्ययन गर्नु भयो ।

ताईवान , तिव्वत लगायतका क्षेत्रको अस्तव्यस्ता नियन्त्रणका लागि ठुुलो मेहेनत गर्नु परेका कारण राष्ट्रपति माओले भारतसग युद्ध रोक्न चाहनु भएको थियो । त्यो वेला सम्म सहयोग गरीरहेको सोभियत सघका प्रधानमन्त्री खुस्चेवले अक्टोवर २ मा भएको छलफलमा माओसग आफुले नेहरुलाई समर्थन गर्ने वताएपछि चीन एक्लो जस्तो देखियो । अमेरीकाले पुरै भारतलाई साथ दिईरहेको थियो ।

यसै समयमा चीनीया प्रधानमन्त्री चाउ एन लाईले दिल्लीको भ्रमण गरेर सहमतिको प्रयास गरेपनि भारतीय पक्षको बेईमानीका कारण त्यो सफलतामा पुग्न सकेन । भारतले अत्याधीक मात्रामा सैनिक पोष्ट र गस्तीहरु विवादित सिमा क्षेत्रहरुमा पुरÞ्यायो ।

र युद्ध शुरु भयो संयौ भारतीय र चीनिया सैनिकहरुले ज्यान गुमाए । नेहरुले अमेरीकासग भारतीय सेनालाई हवाई तथा अन्य सैनिक सहयोग मागिरहेको थियो । र २१ नोभमेम्वर १९६२ मा चीनले एकतर्फी युद्ध विराम गरेपनि भारतले त्यो युद्ध विरामको पत्र २४ घण्टा सम्म स्वीकार नगरी युद्धका लागि अमेरीकासग हवाई सहायता माग गरीरहेको थियो । यसका बीच पनि पछि गएर युद्ध रोकीयो र कास्मीरदेखि विभिन्न क्षेत्रहरुमा दुवै देशवीच विवाद् हिजो थियो र आज पनि कायम छ ।

“हातमा हात , २००७” नामक नाराका साथ सन् २००७ मा चीन र भारतले संयुक्त रुपमा सैनिक अभ्यास समेत गरीसकेका उनीहरु अझै पनि सन् १९६२ को जस्तो युद्ध हैन ठूलो आर्थिक तथा व्यापारीक प्राविधिक साझदारीका लागि केन्द्रीत भएका छन् हालका लागि ।

चीनले विश्वको सैनिक खर्चको ६ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ भने भारतले २ प्रतिशत भन्दा बढी ओगटेको स्टकहोम ईन्टरनेस्नल पिस रिसर्च ईन्सटीच्युटको बार्षिक पुस्तक २०१० ले देखाएको छ । भौगोलीक र जनसख्याको दृष्टिले केही बढी मात्र भए पनि सैनिक संख्या र सामरिक क्षमता र प्राविधिक क्षमतामा भारत भन्दा शक्तिशाली चीन देखिन्छ । चीनले आफ्नै स्टेल्थ फाईटर सम्म विकसित गरीरहेको छ जहा भारत अझै पनि ठूला हतियारहरु वैदेशिक आयातमा निर्भर छ अधिक मात्रामा । भलै भारतले पछिल्लो समय ५ हजार किलो मिटर सम्म मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेष्टीक क्षेप्यास्त्र अग्नी ५ को परीक्षण गरेको छ ।

हालको तथ्याङक अनुसार चीनको सैनिक संख्या २३ लाखको हाराहारीमा रहेको छ भने भारतको १३ लाख भन्दा भन्दा बढी रहेको छ । भारत भन्दा चीनको सैनिक बजेट पनि झण्डै दोव्बर रहेको छ । यसै गरी आणविक हतियार तथा क्षेप्यास्त्र शक्तिमा पनि चीन अगाडी रहेको छ । भारतसग अधिकतम अहिले सम्मको ठुलो हतियार अमेरीकाबाट आयात गरिएको छ ।

भारतसग २५०० किलो मिटर सम्म १ हजार केजी विष्फोटक पदार्थ सहित मार हान्न सक्ने ब्यालेष्टीक क्षेप्यास्त्र छ भने चीनसग बहुआयामीक काम गर्न सक्ने र १२ हजार किलो मिटर सम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्र रहेको छ ।

केही वर्ष पहिले भारतले चीनका सबै सैनिक केन्द्रहरुमा मार हान्न सक्ने क्षेप्यास्त्र बनाएको चर्चामा आएको थियो । तर एक चीनिया विष्लेषकले उक्त अभियानले चीनलाई असर नगर्ने र चीनको अहिलेको क्षमतामा पुग्न भारतलाई अरु १० वर्ष लाग्ने वताएका थिए । २०११ अगष्ट महिनामा कास्मीरका सैनिक अधिकारी वि.एस जैसवाललाई चीनले भ्रमण भिसा रद्ध गरिदिएपछि भारतले तत्काल विरोध गर्दे भारतमा एकाडेमिक तालिममा आउन लागेका २ जना सैनिक अफिसरलाई रोकी दियो ।

जसबारे विश्वका प्रमुख सचार माध्यममहरुले महत्वका साथ प्रकाशनरप्रशारण गरेका थिए । यसै कारण तनाव वढ्ने कतिपयले विष्लेषण गरेका भएपनि चीन भारत त्यस दिशामा सतर्क देखिएका थिए । वि एस जैशवाल विवादित कास्मीर क्षेत्रमा भारतीय सेनाको कमाण्ड सम्हालेका थिए ।

जसका कारण चीनले भ्रमण रद्ध गरीदियो । जुन कास्मीरमा चीनको समेत दावी रहदै आएको छ ।
अभिव्यक्ति , मिडिया रिपोर्ट र साना तिना आरोप प्रत्यारोपको श्रंखला जारी रहेको भए पनि दुवै देशले तत्काल मुठभेड रुचाएका छैनन् । किनकि अब युद्ध भयो भने २० औं शताव्दीको तुलनामा अधिक धन जनको नाश हुने लगभग निश्चित नै छ त्यति मात्र नभएर एक ध्रुवीय विश्वको मान्यतामा अघि बढेको अमेरीकालाई चुनौती दिदै बहु ध्रुव निमार्णमा जुटिरहेका चीन जस्ता शक्तिउन्मुख देशहरु युद्धमा होमिनु परÞ्यो भने उनीहरुको आर्थिक तथा सामरिक क्षयिकरण हुन्छ जसले विश्वमा अरु शक्तिमा आउनु हुन्न भन्ने सोच राख्ने अमेरीका जस्ता देशहरुलाई फाईदा पुग्न सक्छ ।

यस कुरालाई वेइिजिङ र दिल्लीका थिंक ट्याकहरुले विष्लेषण गरी नै रहेको देखिएको छ । चीनले अन्तरीक्षमा पनि आफ्नो सैनिक क्षमता द्रुत गतिमा विकास गरेको छ । जसवाट भारत चिन्तित भएको छ । सन् २००७ मा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख दीपक कपुरले चीनको अन्तरीक्षमा बढीरहेका कारण भारत सतर्क रहनु पर्ने वताएका थिए ।

भारत र चीनबीचको आर्थिक तथा सैनिक प्राविधिक क्षमताको तुलना गर्दा चीन निकै अगाडी देखिन्छ भने भारत चीनको पछि पछि अघि बढीरहेको छ । चीनको हालको जनसंख्या करीब १ अर्ब ४० करोड हाराहारी छ भने भारतको १ अर्ब २५ करोड हाराहारी छ । चीनको वार्षिक बजेट ११,२१२ विलियन अमेरीकी डलर ( २०१५ को तथ्याङक ) अनुसार छ भने भारतको २३०८ विलियन अमेरीकी डलर ( २०१५ को तथ्याङक ) रहेको छ । जस मध्य उनीहरुको सैनिक बजेट चीनको १२९.४ बिलियन अमेरीकी डलर छ भने भारतको ४५.२ विलियन अमेरीकी डलर ( कुल बजेटको २.२ प्रतिशत ) रहेको छ ।

यसै गरी वैदेशिक सञ्चिती हेर्दा ३,८,९९२८५ मिलियन अमेरीकी डलर ( सन् २०१४ डिसेम्बर सम्ममा ) देखिन्छ भने भारतको सञ्चिति ३३४१६३८ मिलियन अमेरीकी डलर सन् २०१४ डिसेम्बरको सूची अनुसार रहेको छ । सैनिक संख्याको हिशाबले हेर्दा चीनको २३ लाख भन्दा बढी छ भने भारतको १३ लाख भन्दा बढी छ ।
यसरी हेर्दा भारतको तुलनामा चीन आन्तरीक हिशाबले निकै शक्तिशाली देखिन्छ ।

अर्को्तिर भारतको छिमेकीहरुको सम्बन्ध अत्यन्त विवादास्पद छ । पाकिस्तानसग‘ उसको सम्बन्ध एक छिमेकी भन्दा बढी शत्रुको रुपमा भईरहेको छ । भुटान र त्यस पछि नेपालमाथि उसको एक हिशाबको नियन्त्रण देखिन्छ । भने बंगलादेश र श्रीलका एवं माल्दिभ्ससग‘ पनि तुलनात्मक रुपमा दवावकारी बनाउने प्रयास भारतले गरेको देखिन्छ । अर्को्तिर चीनसग‘ छिमेकीहरुको सम्बन्ध प्रगाढ छ । उनीहरुले छिमेकीको आन्तरीक मामलामा हस्तक्षेप नगर्नु सबै भन्दा राम्रो पक्ष हो ।

‘‘..तर युद्ध भयो भने के हुन्छ ?

आजको स्थितिमा चीन र भारतको युद्ध भयो भने त्यसले निश्चित रुपमा विश्वयुद्धको रुप लिन्छ । यस मामलामा अमेरीका, जापान लगायतका मुलुक लगभग भारतको पक्षमा उभिने संभावना बढी देखिन्छ भने युरोप सहित अन्य धेरै मुलुकहरु तठस्थ हुने संभावना छ । अमेरीकी राष्ट्रपति बराक ओबामाले भारत अमेरीकासग‘को २१ औं शताव्दीको निर्णायक साझेदार भएको टिप्पणी गर्नुले पनि भारतलाई प्रयोग गर्ने खास गरी एशिया मामलामा र चीन विरुद्ध अमेरीकी रणनीति यसले स्पष्ट पार्दछ ।

तर अर्को्तिर आजको चीनको व्यापारीक लगानी र कारोबारका कारण युरोप सहितका धेरै देशहरु अमेरीकाको अनुरोधका बीच पनि चीन विरुद्धको युद्धमा सामेल हुने संभावना कम देखिन्छ । किनकि आज रोजगारी र सुविधाको प्रसस्त सिर्जना गरे पछि नागरिकहरु राज्यका विरद्धमा लाग्दैनन् भन्ने विष्लेषण भएकाले गर्दा राज्यका नीति निर्धारकहरु युद्धद्धारा आर्थिक प्रवृतिमा क्षति मोल्न चाहदैनन् किनकि चीन विरुद्ध युद्ध गर्नु भारत, अमेरीका या कुनै पनि मुलुकका लागि ईराक अफ्गानिस्तान या लिवियामा बम हान्नु जस्तो सरल विषय मात्रै बन्दैन ।

त्यसैले चीन र भारतबीचको युद्ध केवल दुई देशबीचको मात्र युद्ध नभएर यसले नया प्रवृति र प्रविधिको प्रयोग सहित समग्र अन्तराष्ट्रिय शक्तिलाई चीन पक्ष भारत पक्ष या तठस्थ अवस्थामा राख्ने संभावना रहन्छ । दुवैदेशबीच एक सय अर्ब डलर भन्दा बढीको व्यापारीक कारोबार र लगानी भईरहेको छ ।

मोदीले अझ धेरै चीनीया लगानी भारतमा भित्र्याउन आव्हान समेत गर्नु भएको थियो । त्यसैले आज हतियार भन्दा धेरै मनोवैज्ञानिक र प्रचारात्मक तरीकाले आफ्ना फाईदाहरु उठाउन शक्तिराष्ट्रहरु अघि बढेको जस्तो लाग्छ ।

अर्को्तिर भारतले चीनसग‘को युद्धमा सबै भन्दा आफूलाई कमजोर महसुस उत्तरी हिमालय क्षेत्रमा गर्दछ जहा मैदानमा धेरै लडाई सन् १९६२ मा भईसकेको छ । चीन नेपाल सग‘ जोडिने सिक्किम राज्यलाई भारतले हस्तक्षेप गरेर विलय गराउनुको एउटा प्रमुख कारण चीनसग‘ सामरिक दृष्टिबाट हो भन्ने भारतीय विज्ञहरुद्धारा प्रकाशित दृष्टिकोणहरुबाट थाहा हुन्छ ।

यसै गरी नेपाल र भुटानमाथि चीनीया प्रभाव बढ्दा पनि आफूलाई खतरा हुने भारतको बुझाई रहने गरेको छ । यही बुझाईले गर्दा उसका सञ्चारमाध्यमहरुबाट कहिले पुरै नेपाललाई आफ्नै प्रान्तको रुपमा व्याख्या गर्दै आएका छन् ।

भारतको यही मनोविज्ञानले गर्दा नेपाल जहिले पनि भारतीय प्रभाव र हस्तक्षेपबाट गुज्रनु परीरहेको छ । त्यसैले चीन र भारतबीच युद्ध हैन सद्भावको रुपमा सम्बन्ध बढोस भन्ने कामना गर्नु आवस्यक छ ।

बिबिसीका संवाददाता जुबैर अमहदले भनेका छन् भारत चीनबीच असहज शान्ति छ । यसलाई सहज शान्तिमा बदल्ने हो भने विश्वकै ठूलो जनसंख्या भएका मुलुकहरुको साझेदारीले ठूलो विश्वयुद्धलाई कम गर्ने छ खास गरी एशिया क्षेत्रबाट । मोदीको मेक ईन ईन्डिया सपना पूरा गर्न चीनसग‘को शान्तिपूर्ण र रणनीतिक साझेदारी महत्वपूर्ण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: