झरी वर्षा अगिनै जस्तापाता वितरण गर्ने सरकारी तयारी

काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले भूकम्पबाट पीडित बनेका जनतालाई झरी बर्षा अगी नै जस्तापाता बितरण गर्ने तयारी गरिएको बताएका छन् । प्रभावित जिल्लामा वर्खायाम अगावै जस्ता पाताको व्यवस्था गर्नेतर्फ सरकारले काम सुरु गरिसकेको बताएका हुन ।

व्यवस्थापिका–संसद्को बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गौतमले सबै पक्षको सहयोगमा जनताको उचित व्यवस्था गरिने बताए । घर भत्केका र क्षतिग्रस्त भएका सबै नागरिकलाई सरकारले घर बनाउन सबै खालको सहयोग उपलब्ध गराउने उनको भनाइ थियो ।bamdev

साथै उनले सरकारको आवश्यकता र मुलुकको चाहनाअनुसार नै विदेशी मित्रराष्ट्रका उद्धारकर्तालाई भूकम्पपीडित जनताको उद्धारमा लगाइएको बताए । भूकम्पपीडितको उद्धार तथा राहतमा नेपालको आवश्यतकता र चाहनाअनुसार नै उद्धारकर्ता परिचालन गरिएको र नेपालको सार्वभौमसत्तालाई ख्याल गरिएको गृहमन्त्री गौतमले बताएका छन् ।

जनताको सेवाका लागि सरकार सचेत भन्दै उनले राहत वितरणमा कुनै पनि कन्जुस्याईं नगरिएको र कमजोरी हुन नदिने उल्लेख गरे ।
राहत वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सरकारको तर्फबाट हदैसम्मको प्रयत्न गरिएको र कोही कसैले पनि जर्वजस्ती गर्न नपाउने भन्दै उनले राहत सामग्री कोही कसैले लुटपाट गरिएको पाइएमा कडा कारबाही गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: