टेकोले धानेका काठमाण्डौका घर

काठमाण्डौ । भुइँचालोपछि उपत्यकाका घरमा टेको लगाउने कार्य बढेको छ । वैशाख २९ को अर्को ठूलो भुइाचालोपछि उपत्यकाका धेरै घरमा टेको लगाइएको भेटियो ।
काठमाडौंको १२ वटा ह्युमत टोलमा पुग्दा स्थानीय विसु बैजु टोलकै एक घरमा टेको लगाइएको थियो ।

वैशाख १२ गते पहिलोपटक गएको महाभूकम्पका कारण धेरै घर चर्किएकाले स्थानीय तथा पैदल यात्रुको सुरक्षाका लागि घरहरुमा टेको लगाइएको उनीहरुको भनाइ रहेको छ ।
भुइँचालोले चेर्केको र हल्लेको घरमा उपत्यकाबासीले धमाधम टेको लगाई सुरक्षित गर्न थालेका छन् ।

तर, यो प्रविधि कत्तिको सुरक्षित छ भन्न नसकिने बैजुको भनाइ छ । ‘टेको लगाउँदा वरिपरिका घरलाई केही सुरक्षित गर्छ’ उनले भने ‘१२ वडा वडामा मार्त्र करिब २० घरमा टेको लगाएर थेगेको छ । टेको लगाइएका केही घरमा तल्लो तलामा मान्छे छन् भने धेरै खतरा भएका घरमा मान्छे tekoछैनन् भन्ने आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: