दोलखा केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प

काठमाण्डौ । आज बिहान दोलखा केन्द्रबिन्दु भएर भुकम्पका तीनओटा पराकम्पन गएको छ । बिहान १२ः १६ मा ४.३, ३ः१३ मा ४.१ र ३ २३ मा ५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । बुधबार भुकम्पका ससना १६ ओटा पराकम्पन महशुस गरिएको थियो जसअध्य अधिकांशको केन्द्रबिन्दु दोलखा नै रहेको थियो ।

                                                                                                              1

विज्ञहरुले भुकम्पपछि ससाना पराकम्पन हुनु सामान्य भएको भन्दै नआत्तिई सचेत हुन आग्रह गर्दै आएका छन् । गत बैशाख १२ गते आएको शक्तिशाली भुकम्पपछि पराकम्पन आउने क्रम जारी रहँदा मंगलबार शक्तिशाली पराकम्पन आएको थियो ।

प्रतिक्रिया दिनुहोस्: